नेपाल पत्रकार महासंघका वैदेशिक शाखाहरुको संयुक्त प्रेस वक्तव्य

नेपाल पत्रकार महासंघका वैदेशिक शाखाहरुको संयुक्त प्रेस वक्तव्य :

युएईमा कार्यरत पत्रकार उमाकान्त पाण्डेलाई सामाजिक सञ्जालमा लेखिएको स्टाटसकै आधारमा पक्राउ गरी जेल सजाय गरिएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपालमा रहंदा सामाजिक सञ्जालमा व्यक्त गरेको विचारलाई लिएर नेपाली दूतावासले गरेको उजुरीमा युएई प्रहरीबाट पक्राउ गरी साइबर अपराधको मुद्धा लगाएर जेल सजाय गराउनुबाट अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताको ठाडो उल्लंघन भएको छ । 

नेपालीहरुको संरक्षक ठानिने दूतावासकै प्रत्यक्ष संलग्नतामा सामाजिक सञ्जालमा लेखेकै भरमा विदेशी भूमिमा एक नेपाली पत्रकारलाई जेल पठाइनु आपत्तिजनक छ। जसबाट अभिव्यक्ति स्वतन्त्रताको सर्वमान्य अधिकारमाथि सिधा प्रहार भएकोमा हामी कडा भर्त्सना गर्दछौं। 

हाल युएईको जेलमा राखिएका पत्रकार पाण्डेलाई  तत्काल रिहा गराउन तथा उनीमाथि अन्यायोचित ढंगले लगाइएको साइबर अपराधको मुद्धा फिर्ता गराइ सजायमुक्त गराउनतर्फ आवश्यक पहल गर्न हामी नेपाल सरकार र सम्बन्धित नेपाली दूतावाससमक्ष जोडदार माग गर्दछौं ।  

साथै, नेपाल पत्रकार महासंघ केन्द्र र श्रमजिवी पत्रकारहरुका पक्षधर विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघ-संगठनहरुलाई पनि पत्रकार पाण्डेको रिहाइ तथा मुद्धा फिर्ताको लागि सम्बन्धित निकायहरुसम्म आवश्यक दबाब सिर्जना गर्ने  कार्यमा सहयोग पुर्‍याउन हार्दिक अपिल गर्दछौं ।  

नेपाल पत्रकार महासंघका वैदेशिक शाखाहरुका तर्फबाट: 

१ ध्रुवराज अर्याल, अध्यक्ष, बेलायत शाखा 

२ केजिन राई, कावा अध्यक्ष, युरोप शाखा 

३ मोहन घले, अध्यक्ष, जापान शाखा 

४ रञ्जनराज कुँवर, अध्यक्ष, दक्षिण कोरिया शाखा 

५ नवराज पन्थी, अध्यक्ष, कुवेत शाखा 

६ करीम बक्स मियाँ, अध्यक्ष, कतार शाखा 

७ ओम शर्मा, अध्यक्ष, बेल्जियम शाखा 

८ सुमन खनाल, महासचिव, भारत शाखा 

४ मार्च २०२२