नेपाल पत्रकार महासंघद्वारा नेपाली मेलामा ऐक्यबद्धता

लन्डन । लण्डनमा आइतबार सम्पन्न १२ औं संस्करणको  नेपाली मेलामा नेपाल पत्रकार महासंघ बेलायत शाखाले पनि ऐक्यबद्धता जनाएका छन् ।

‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने मूल नारासहित आयोजना गरिएको उक्त नेपाली मेलामा स्थानीय  पत्रकारहरु नेपाल पत्रकार महासंघको ब्यानरसहित बेलायतमा कार्यरत एक दर्जन भन्दा बढी पत्रकारहरुले  सहभागीता जनाएका  थिए ।

नेपाली कला संस्कृति, भाषा, धर्म, भेषभूषा, परम्परालाई  जगेर्ना गर्न  मिडियाको पनि महत्वपूर्ण भूमिका रहेको पत्रकार महासंघ यूके अध्यक्ष ध्रुवराज अर्यालले बताए । 

बेलायतका नेपाली समुदायद्वारा आयोजित नेपाली मौलिक र संस्कृतिक  कार्यक्रमलाई प्रभावकारी बनाउन मिडियाले निरन्तर सहयोग पुर्याउदै आएको पनि अर्यालले बताए । 

तमुधिं यूकेका अध्यक्ष हितकाजी गुरुङले नेपाली मेलामा मिडियाको ठूलो साथ र सहयोग मिलेको बताउंदै धन्यबाद व्यक्त गरेका थिए । 

दुई हजार पाँच सयको हाराहारीमा नेपालीहरु सहभागी भएको सो मेलामा विविध  जातजातिका झाँकी र नृत्यहरु  प्रस्तुत गरिएका थियो ।