शोक वक्तव्य

शोक वक्तव्य:

नेपाल पत्रकार महासंघ बेलायत शाखाकी केन्द्रीय प्रतिनिधि एवम् निवर्तमान उपाध्यक्ष आदरणीय विमला सेनेज्यूकी ममतामयी आमा श्रीमती दाउमन्ती पयांगु सेनेको गत २६ जुलाई २०२१ का दिन ८५ वर्षको उमेरमा भएको दु:खद निधनले हामीलाई स्तब्ध तुल्याएको छ ।

शोकको यस घडीमा दिवंगत आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै विमला सेनेज्यूसहित शोकसन्तप्त सिंगो परिवारमा नेपाल पत्रकार महासंघ बेलायत शाखा भावपूर्ण समवेदना प्रकट गर्दछ ।

नरेन्द्र बस्नेत
महासचिव
२९ जुलाई २०२१