पत्रकार महासंघ युकेको अधिवेसनको प्रत्यक्ष मतदानमा कोभिड १९ बाट बच्न अपनाइने उपायहरु, मतगणनासम्बन्धी नियमावली तथा प्रत्यक्ष निर्वाचनमा मतदान गर्ने मतदाताको नामावली

नेपाल पत्रकार महासंघ युके शाखाको पाँचौं अधिवेसनको प्रत्यक्ष मतदानमा कोभिड १९ बाट बच्न अपनाइने उपायहरु, मतगणनासम्बन्धी नियमावली तथा प्रत्यक्ष निर्वाचनमा मतदान गर्ने मतदाताको नामावली

 

१. अन्तिम मतदाता सूचीमा रहेका र हुलाकबाट मतपत्र नमगाएका सदस्यहरुले मात्र प्रत्यक्ष निर्वाचनमा भाग लिन पाउनेछन् । प्रत्यक्ष मतदान गोल्डेन सीप नेपाली चुल्हो साउथ ह्यारो लण्डन 500 Northolt Rd, South Harrow, Harrow HA2 8HA मा दिउँसो ३ देखि ५ बजेसम्म हुनेछ ।

२. सबै मतदाताहरुले मतदान गरे पश्चात तुरुन्तै मतगणना आरम्भ गरिनेछ ।

३. मतदान स्थलमा एकपटकमा बढीमा दुईजना मतदातालाई मात्र प्रवेश दिइनेछ । मत दिएपछि हलबाट बाहिर

निस्कनुपर्ने छ ।

४. मतदान हलभित्र फेस मास्क वा फेसशिल्ड अनिवार्य रुपमा लगाएको हुनुपर्नेछ ।

५. मतदान स्थलमा प्रवेश गर्ने र मतदान गरेर निस्कने स्थानहरुमा ह्याण्ड स्यानिटाइजरहरु राखिने छन् ।

६. मतदान गर्दा हरेक मतदातालाई एउटा कलम दिइनेछ र सो कलम अर्को मतदातालाई प्रयोग गर्न दिइने छैन ।

७. मतपत्रबाट हुनसक्ने संक्रमणबाट बच्न मतदातालाई मतदान गर्दा लेटेक्स पञ्जाको व्यवस्था गरिने छ । मतदान स्थलमा सामाजिक दुरी कायम गरिनेछ । मतदान स्थलमा एकपटकमा बढीमा ६ जनामात्र भेला हुने छन् ।

८. सार्बजनिक सवारीसाधन प्रयोग गर्दा वा सेयर गरेर आउँदा भाइरस सर्न सक्ने खतरालाई ध्यानमा दिँदै मतदाताहरुलाई मतदानमा आउँदा निजी सवारीसाधन प्रयोग गर्न सल्लाह दिइन्छ ।

९. यदि तपाईलाई सञ्चो छैन र कोभिड संक्रमणको आशंका छ भने कृपया मतदान गर्न नआउनुहोला ।

१०. मतदान हुने स्थानमा बेलायत सरकारको मापदण्डअनुसारको क्यूआर कोड हुनेछ र सो स्क्यान गरी कन्ट्याक्ट ट्र्यासिङमा सहभागी हुन सक्नुहुनेछ ।

११. निर्वाचन प्रयोजनका लागि निर्वाचन प्रमुख आयुक्तको सक्कल दस्तखत भएको, पर्याप्त सुरक्षासहितको मतपत्र जारी गरिनेछ ।

१२. मतपत्रमा उम्मेदवारको नाम र चिनो लगाउने बाकस रहनेछ । उक्त बाकसभित्र अर्को उम्मेदवारको बाकसमा नछुने गरी टिक लगाएको हुनुपर्नेछ ।

१३. मतपत्रभित्र मतपत्रबाहेक कुनै पनि वस्तु राखिएको पाइएमा सो मतपत्र खारेज हुनेछ ।

१४. प्रत्यक्ष मतदानमा मतपेटिका खुला ठाउँमा राखिने छ । तर मतदान गोप्य रुपमा गर्नु पर्ने छ र मतपेटिकामा खसाउनु पर्ने छ।

१५. मतदानका लागि तोकिएको समय वा सबै मतदाताले मतदान सकिएपछि मतपेटिका सिल गरिनेछ र उम्मेदवार वा निजका प्रतिनिधिको रोहबरमा सिलबन्दी गराइने छ ।

१६. उम्मेदवार वा निजको वारेसको रोहवरमा सिलबन्दी मतपेटीका खोली मतगणना आरम्भ गरिनेछ ।

१७. मतगणना गर्दा सकेसम्म सबै उम्मेदवारहरु वा उनको प्रतिनिधिको रोहबरमा गरिनेछ । मतगणना गर्दा सामाजिक दुरी कायम गरिनेछ तर स्थानाभावका कारण सामाजिक दुरी कायम गर्न नसकिने अवस्थामा अध्यक्षका उम्मेदवार मात्र राखेर मतगणना गरिनेछ ।

प्रत्यक्ष निर्वाचनमा मतदान गर्ने मतदाताको नामावली

१. श्यामकुमार लुइँटेल

२. बिमला सेने

३. एभरेष्ट गौतम

४. सन्जयभक्त कँडेल

५. विपिन निरौला

भवदीय

रमेशसिंह साराङकोटी

प्रमुख निर्वाचन आयुक्त