नेपाल पत्रकार महासंघ युके शाखा पाँचौँ अधिवेसन: पोस्टल मतपत्र नियमावली

नेपाल पत्रकार महासंघ युके शाखा पाँचौँ अधिवेसन

पोस्टल मतपत्र नियमावली

१. निर्वाचन समितिले मतदाताले अनुरोध गरेको ठेगानामा स्पेशल डेलिभरीमार्फत विहीबार जुन ३, २०२१ मा मतपत्र पठाउने छ । मतदाताले शुक्रबार दिउँसो १ बजेसम्ममा सो मतपत्र पाउनुहुनेछ ।

२. मतदाताले प्राप्त गरेको खामभित्र मतपत्र संख्या -१ तथा निर्वाचन समितिलाई मतपत्र फिर्ता गर्न प्रिपेड खाम -१ रहनेछ ।

३. मतदाताले मतदान गर्दा कलम अथवा पेन्सिल जे उपलब्ध छ त्यसको प्रयोग गरी मतपत्रमा मतदान गर्नुपर्नेछ ।

४. मतपत्रमा उम्मेदवारको नामपछि चिनो लगाउने बाकस रहनेछ । उक्त बाकसभित्र अर्को उम्मेदवारको बाकसमा नछुने गरी टिक  लगाएको हुनुपर्नेछ ।

५. मतपत्रमा अनुरोध गरिएको स्थानमा बाहेक अन्यत्र कतै केरमेट वा सांकेतिक चिन्ह लेखिएको पाइएमा सो मतपत्र बदर हुनेछ ।

६. खामभित्र मतपत्रबाहेक कुनै पनि वस्तु राखिएको पाइएमा सो मतपत्र बदर हुनेछ ।

७.पोस्टल मतदान गरेपछि मतदाताले निर्वाचन समितिले उपलब्ध गराएको खाममा मतपत्र फिर्ता गर्नुपर्नेछ ।

८. सो खाम एकपटक बन्द गरेपछि पुन: खोल्न नमिल्ने हुँदा खाम बन्द गर्नुपूर्व मतदान गरिएको मतपत्र मात्र रहेको निश्चित गरी खामलाई सिलबन्दी गर्नुहोला ।

९. मतदानपश्चात निर्वाचन समितिलाई मतपत्र फिर्ता पठाएको प्रमाण मतदाताले सुरक्षित राख्नुपर्नेछ ।

१०.यसरी निर्वाचन समितिलाई फिर्ता पठाइएको बन्दखाम निर्वाचन समितिले कुन मितिमा कति बजे प्राप्त भएको हो रेकर्ड राख्नेछ तर बन्दखाम मतगणनाअघि खोलिने छैन ।

११. १० जुन २०२१ साँझ ५ बजेपछि निर्वाचन समितिसमक्ष आएका पोस्टल मतपत्रलाई मतगणनामा समावेश गरिने छैन ।

१२. पोस्टल मतपत्र निर्वाचन समितिले पठाएको खाममा रोयल मेलमार्फत आएको हुनुपर्नेछ । मतदाताले निर्वाचन समितिका सदस्यहरुको घरमा आफैँले मतपत्र खसाउन पाउने छैनन् ।

१३.प्रत्यक्ष मतदान सकिएपछि मात्र पोस्टलबाट आएका मतपत्रहरुको बन्दखाम खोलिनेछ । बन्दखामभित्र एक मात्र मतपत्र छ कि छैन र मतपत्रको पछाडीको पेजको सुरक्षा चिन्ह प्रमाणीकरण गरेपछि त्यस्ता मतपत्रलाई अरु मतपत्रसँगै मिसाइने छ ताकि त्यो मतपत्र कसको हो र कसलाई मतदान गरिएको थियो भन्ने नचिनियोस् ।

१४. पोस्टल मतपत्र मगाउने मतदाताहरुले प्रत्यक्ष रुपमा हुने मतदानमा भाग लिन पाउने छैनन् ।

१५.पोस्टमार्फत मतपत्र पठाइएका हरेक मतपत्रको प्रमाण निर्वाचन समितिले राख्नेछ । यसरी पठाइएका मतपत्र कहाँ पुग्यो र कसले प्राप्त गर्यो ट्रयाक गर्न सकिने छ । तर सम्बन्धित ठेगानामा नपुगेको गुनासो आएमा निर्वाचन समितिले अर्को मतपत्र पठाउने छैन ।

१६. एक मतदातालाई एउटा मात्र मतपत्र पठाइनेछ । त्यो मतपत्र केरमेट गरे वा च्याते वा हराएमा सोको जवाफदेही निर्वाचन समिति हुने छैन ।

१७. पोस्टल मतपत्र मगाएका मतदातालाई कुनै उम्मेदवार वा उनकासमर्थकले स्वेच्छाले मतदान गर्न प्रभावित गरेको उजुरी सम्बन्धित मतदाताबाट लिखित रुपमा निर्वाचन समितिसमक्ष आएमा त्यस्तो मतपत्र खारेज गरिने छ र छानविनपश्चात सो उम्मेदवारको उम्मेदवारीसमेत खारेज हुन सक्नेछ।

१८. पोष्टल मतदान गरिसकेको तर प्रत्यक्ष मतदान शुरु हुनुअघि उम्मेदवारहरुबीच सहमति भई निर्वाचनमा जानुपर्ने अवस्था नभएमा बन्द खाम नखोली नष्ट गरिने छ ।