नेपाल पत्रकार महासंघ युके शाखा निर्वाचन नियमावली २०२१ (संशोधनसहित)

नेपाल पत्रकार महासंघ युके शाखा

निर्वाचन नियमावली २०(संशोधनसहित)

प्रकाशन मिति २७ मे २०२१

 

१. निर्वाचन समितिले नेपाल पत्रकार महासंघको विधान २०६०(पाँचौँ संशोधन २०७५), वैदेशिक शाखासम्बन्धी नियमावली २०७१, नेपाल पत्रकार महासंघ युके शाखा निर्वाचन नियमावली २०२१ अनुसार र सर्वमान्य मान्यताको सिद्धान्तको आधारमा निस्पक्ष र तटस्थ रही नयाँ कार्यसमिति चयन गराउने छ ।

२. निर्वाचनको व्यवस्थापन गर्न, नियमावली तयार गर्न, परिमार्जन गर्न, कार्यतालिका बनाउन र फेरबदल गर्न परे त्यस्तो फेरबदल गर्ने अधिकार निर्वाचन समितिलाई रहने छ ।

३. निर्वाचन समितिले प्रकाशन गरेको निर्वाचन तालिकाभित्र रही निर्वाचन कार्य सम्पन्न हुनेछ ।

४. नेपाल पत्रकार महासंघ बेलायत शाखाको सदस्यता लिएका र सदस्यता वैध रहेका साधारण सदस्यहरु निर्वाचनमा मतदाता र उम्मेदवार बन्न सक्नेछन् । अध्यक्ष पदमा उम्मेदवारी दिन भने नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको विधान तथा वैदेशिक शाखा नियमावली बमोजिमको योग्यता पुगेको हुनुपर्नेछ ।

५. उम्मेदवार हुनका लागि अन्तिम मतदाता नामावलीमा नाम रहेका सदस्यहरु मध्येबाट तोकिएको उम्मेदवारी शुल्क तिरेर निर्वाचन समितिले तोकेको इमेल fnjukelection2021@gmail.com मा दिइएको समयावधिभित्र स्वयमले दर्खास्त दर्ता गराउनु पर्ने छ ।

६. उम्मेदवारी दर्ता गर्दा उम्मेदवारी शुल्क बुझाएको प्रमाण पेश गर्नु पर्नेछ । उम्मेदवारी शुल्क एफएनजे युकेको बैँक खाता FNJ UK, Sort Code 20-16-99 A/C 13299961 Barclays Bank मा जम्मा गर्नुपर्ने छ । उम्मेदवारी शुल्क प्राप्त नभएको उम्मेदवारी दर्ता हुने छैन । उम्मेदवारी फिर्ता लिए पनि उम्मेदवारी शुल्क फिर्ता हुने छैन ।

७. कुनै पनि उम्मेदवारीमाथि दावी, विरोध गर्न चाहनेले तोकिएको मिति र समयभित्र प्रमाणसहित fnjukelection2021@gmail.com मा निवेदन दर्ता गराउनु पर्ने छ ।

८. नेपाल पत्रकार महासंघको विधान २०६० (पाँचौँ संशोधन २०७५) बमोजिम कुनै पनि उम्मेदवारको योग्यता नपुगेको प्रमाणित भएमा निर्वाचन समितिले त्यस्ता उम्मेदवारको उम्मेदवारी रद्द गर्न सक्ने छ ।

९. अन्तिम मतदाता सूचीमा रहेका सदस्यहरुले मात्र निर्वाचनमा भाग लिन पाउनेछन् ।

१०. निर्वाचन प्रयोजनका लागि निर्वाचन प्रमुख आयुक्तको सक्कल दस्तखत भएको, पर्याप्त सुरक्षासहितको मतपत्र जारी गरिनेछ ।

११. मतपत्रमा उम्मेदवारको नाम र चिनो लगाउने बाकस रहनेछ । उक्त बाकसभित्र अर्को उम्मेदवारको बाकसमा नछुने गरी टिक वा क्रस लगाएको हुनुपर्नेछ ।

१२. मतपत्रभित्र मतपत्रबाहेक कुनै पनि वस्तु राखिएको पाइएमा सो मतपत्र खारेज हुनेछ ।

१३. भौतिक मतदानमा मतपेटिका खुला ठाउँमा राखिने छ । तर मतदान गोप्य रुपमा गर्नु पर्ने छ र मतपेटिकामा खसाउनु पर्ने छ।

१४. मतदानका लागि तोकिएको समय सकिएपछि मतपेटिका सिल गरिनेछ र उम्मेदवार वा निजका प्रतिनिधिको रोहबरमा सिलबन्दी गराइने छ।

१५. उम्मेदवार वा निजको वारेसको रोहवरमा सिलबन्दी मतपेटीका खोली मतगणना आरम्भ गरिनेछ ।

१६. कोभिड-१९ को महामारी, बेलायतका विभिन्न राज्यहरुको यससम्बन्धी फरकफरक नियम र सबै सदस्यहरुलाई मतदानको अवसर दिलाउने हेतुले मतदानमा स्वयं उपस्थित हुन नसक्ने सदस्यहरुका लागि पोस्टल मतदानको सुविधा दिइने छ ।

१७. पोस्टल मतपत्रमार्फत मतदान गर्न चाहने सदस्यले इमेलमार्फत २ जुन २०२१ बिहान १० बजेभित्रमा पोस्टल मतपत्रका लागि निवेदन र आफ्नो पूरा ठेगाना fnjukelection2021@gmail.com मा पठाउनु पर्नेछ ।

१८. सो अवधिभित्र पोस्टल मतपत्रका लागि आवेदन दिएका सदस्यहरुलाई ३ जुन २०२१ मा रोयल मेलको ‘नेक्स्ट डे रेकर्डेड ग्यारेन्टेड डेलिभरी’मार्फत मतपत्र पठाइने छ । यसरी पठाइएको मतपत्रको तस्वीर वा भिडियो प्रमाण राखिनेछ ।

१९. पोस्टल मतदान गरेपछि सदस्यहरुले निर्वाचन समितिले उपलब्ध गराएको खाममा मतपत्र फिर्ता गर्नुपर्नेछ । यसरी फिर्ता पठाइएको बन्दखाम निर्वाचन समितिले कुन मितिमा कति बजे प्राप्त भएको हो सोको रेकर्ड राख्नेछ तर बन्दखाम खोलिने छैन ।

२०. १० जुन २०२१ साँझ ५ बजेपछि प्राप्त पोस्टल मतपत्रलाई मतगणनामा समावेश गरिने छैन । पोस्टल मतपत्र निर्वाचन समितिले पठाएको खाममा रोयलमेल मार्फत आएको हुनुपर्नेछ । मतदाताले निर्वाचन समितिका सदस्यहरुको घरमा आफैँले खसाउन पाउने छैनन् ।

२१. भौतिक मतदान सकिएपछि मात्र पोस्टलबाट आएका बन्दखाम उम्मेदवारहरु वा उनीहरुका प्रतिनिधिको रोहबरमा खोलिनेछ । पोस्टल मतपत्रमा एक वा एकभन्दा बढी मतपत्र समावेश गरिएको छ कि छैन प्रमाणित गरी त्यस्ता मतपत्रलाई अरु मतपत्रसँगै मिसाइने छ ताकि त्यो मतपत्र कसको हो र कसलाई मतदान गरिएको थियो भन्ने नचिनियोस् ।

२२. पोस्टल मतपत्र मगाउने सदस्यहरुले भौतिक रुपमा हुने मतदानमा भाग लिन पाउने छैनन् ।

२३. पोस्टल मतपत्र पठाइएका हरेक मतपत्रको प्रमाण निर्वाचन समितिले राख्नेछ । यसरी पठाइएका मतपत्र कहाँ पुग्यो र कसले प्राप्त गर्यो ट्रयाक गर्न सकिने छ । तर सम्बन्धित ठेगानामा नपुगेको गुनासो आएमा निर्वाचन समितिले अर्को मतपत्र पठाउने छैन ।

२४. पोस्टल मतदान होस् वा भौतिक मतदान होस् । एक मतदातालाई एउटा मात्र मतपत्र दिइनेछ । त्यो मतपत्र केरमेट गरे वा हराए सोको जवाफदेही निर्वाचन समिति हुने छैन ।

२५. मतगणना समाप्तिपछि मुचुल्का उठाइ उम्मेदवार वा निजका प्रतिनिधिको दस्तखत गराइसके पछि मतदानको विधिवत नतिजा घोषणा गरिनेछ ।

२६. निर्वाचन प्रचारका क्रममा व्यक्तिगत गालीबेइज्जती, अनावश्यक प्रचार सामग्री बनाउने, सोसल मिडिया वा मिडियाबाट सचित्र प्रचारप्रसार गराउने कार्य पूर्ण रुपमा निषेध गरिएको छ ।

२७. पोस्टल मतपत्र मगाएका मतदातालाई कुनै उम्मेदवार वा उनका समर्थकले स्वेच्छाले मतदान गर्न प्रभावित गरेको उजुरी सम्बन्धित मतदाताबाट लिखित रुपमा आएमा त्यस्तो मतपत्र खारेज गरिने छ ।

२८. भौतिक रुपमा हुने मतदानका लागि निर्वाचन समितिले मतदानस्थल तोक्नेछ र तोकिएको स्थलमा मतदान गर्न मतदाता स्वयं परिचय खुल्ने कागजातका साथ उपस्थित हुनुपर्नेछ ।

२९. निर्वाचन हुने पद र उम्मेदवारी दर्ता शुल्क निम्न अनुसार रहनेछ ।

क्रस पद संख्या शुल्क पाउण्डमा कैफियत
अध्यक्ष १५०  
वरिष्ठ उपाध्यक्ष १२५  
उपाध्यक्ष (समावेशी-महिला) १२५  
उपाध्यक्ष (खुला) १२५  
महासचिव १२५  
सचिव १००  
कोषाध्यक्ष १००  
सहकोषाध्यक्ष १००  
सदस्यहरु ७५  

 ३०. पाँचौँ अधिवेसनको निर्वाचन तालिका

नेपाल पत्रकार महासंघ युके शाखाको यही १३ जुन २०२१ का दिन हुन गइरहेको पाँचौँ अधिवेसनबाट नयाँ नेतृत्व चयनका लागि निम्नानुसारको कार्यक्रम तय भएको हुँदा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

निर्वाचन कार्यक्रम

क्रसं कार्यक्रम मिति र समय कहाँ/कसरी
१. मतदाता नामावली प्रकाशन २५ मे दिउँसो १२ बजे fnjuk.org मा
२. मतदाता नामावली सच्याउने २५ मे साँझ ५ बजेसम्म इमेलबाट
३. अन्तिम मतदाता नामावली प्रकाशन २७ मे दिउँसो १२ बजे fnjuk.org मा
४. उम्मेदवारी मनोनयन २९ मे दिउँसो १२ बजेदेखि ३० मे साँझ ५ बजेसम्म इमेलमार्फत
५. उम्मेदवारको प्रथम नामावली प्रकाशन ३० मे साँझ ८ बजे fnjuk.org मा
६. उम्मेदवारीमाथि दाबीविरोध र फिर्ता लिने ३१ मे दिउँसो १२ बजेसम्म इमेलमार्फत

 

७. उम्मेदवारको अन्तिम नामावली प्रकाशन १ जुन साँझ ९ बजे fnjuk.org मा  

 

८. पोस्टल मतपत्रका लागि निवेदन दिने २ जुन बिहान १० बजेसम्म इमेलमार्फत
९. मतदातालाई पोस्टल मतपत्र पठाउने ३ जुन रोयल मेलमार्फत
१०. पोस्टल मतपत्र निर्वाचन समितिसित आइपुग्नुपर्ने १० जुन साँझ ५ बजेभित्र रोयल मेलमार्फत
११. मतदान १३ जुन गोल्डेनसिप नेपाली चुल्हो, साउथ ह्यारो
१२. मतगणना, परिणाम घोषणा, प्रमाणपत्र वितरण र सपथ १३ जुन  

 

३१. निर्वाचनसम्बन्धी जुनसुकै विषयमा विवाद र अस्पष्टता सम्बन्धमा निर्वाचन समितिको निर्णय नै अन्तिम निर्णय हुने छ । निर्वाचन समितिभित्र पनि राय बाझिएमा प्रमुख निर्वाचन आयुक्तले दिएको निर्णय नै अन्तिम हुनेछ ।

३२. निर्वाचन प्रयोजनका लागि fnjukelection2021@gmail.com मा इमेल गरी थप जानकारी लिन सकिने छ ।

३३. निर्वाचनसम्बन्धी कुनै पनि विषयमा बुझ्न परेमा प्रमुख निर्वाचन आयुक्तलाई 075 7857 1478 मा सम्पर्क गर्न सकिने छ ।

३४. निर्वाचन सम्बन्धी सम्पूर्ण जानकारी नेपाल पत्रकार महासंघ युकेको वेभसाइट www.fnjuk.org मा प्रकाशन गरिने छ ।

 

भवदीय

रमेश साराङकोटी

प्रमुख निर्वाचन आयुक्त

नेपाल पत्रकार महासंघ युके शाखा

निर्वाचन समिति २०२१

मिति २७ मे २०२१