नेपाल पत्रकार महासङ्घ युके शाखाको सदस्यता नवीकरणसम्बन्धी सूचना

नेपाल पत्रकार महासङ्घ युके शाखाको सदस्यता नवीकरणसम्बन्धी सूचना

प्रकाशन मिति ९ जनवरी २०२१

 

यस शाखाको सदस्यतालाई व्यवस्थित बनाउन ‘सदस्यता शुद्धिकरण तथा व्यवस्थापन समिति’ गठन गरिएकोमा सो समितिले शाखाका बहालवाला सदस्यहरुको सदस्यता नविकरणका लागि देहायबमोजिमको प्रावधान राखेकाले सदस्यता नवीकरण गर्न चाहने इच्छुक सदस्यहरुलाई सो अनुसार गर्नहुन यो सूचना जारी गरिएको छ ।

  • २९ नोभेम्बर २०१९ देखि २९ नोभेम्बर २०२० को अवधिमा आफूद्वारा प्रकाशित/प्रसारित समाचार, विश्लेषण, फिचर, अन्तर्वार्ता आदिको प्रिन्ट, अनलाइन, अडियो, भिडियो वा फोटोको लिङ्क १० फेब्रुअरी २०२१ राति ११:५९ बजे सम्ममा शाखाको इमेल ठेगाना fnjuk2012@gmail.com मा आइपुग्ने गरी पठाइदिन हुन हार्दिक अनुरोध गर्दछु ।
  • युकेमा कम्तीमा पाँच वर्षसम्म नियमित रुपमा सन्चालित तर हाल बन्द रहेका मिडियाका हकमा सो संस्थामा कार्यरत पत्रकारहरुले २०१८/२०१९ मा प्रकाशित/प्रसारित समाचार, विश्लेषण, फिचर, अन्तर्वार्ता आदिको प्रिन्ट, अनलाइन, अडियो, भिडियो वा फोटोको लिङ्क १० फेब्रुअरी २०२१ राति ११:५९ बजे सम्ममा शाखाको इमेल ठेगाना fnjuk2012@gmail.com मा आइपुग्ने गरी पठाइदिन हुन हार्दिक अनुरोध गर्दछु ।
  • यसरी तोकिएको समायवधिभित्र प्राप्त सामग्रीहरु आवश्यक परीक्षणका लागि सदस्यता शुद्धिकरण तथा व्यवस्थापन समितिसमक्ष पठाइने छ र सो समितिले आवश्यक अध्ययनपछि गरेको सिफारिस कार्यसमितिले पारित गरेपछि ती सदस्यहरुसित सदस्यता नवीकरण वापतको शुल्क लिइनेछ । तोकिएको समयसीमा नआएका आवेदनहरुप्रति शाखा जिम्मेवार हुने छैन ।
  • यसबारेमा थप जानकारी आवश्यक भएमा fnjuk2012@gmail.com मा इमेल वा सदस्यता शुद्धिकरण तथा व्यवस्थापन समितिका संयोजक भगिरथ योगी फोन ०७७ ७१६८ ७३३२ वा शाखाका अध्यक्ष नरेश खपाङ्गीमगर फोन ०७४ ११५५ ८७३२ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

 

नेपाल पत्रकार महासंघ युके शाखा