नेपाल पत्रकार महासंघ युके शाखाको सूचना

नेपाल पत्रकार महासंघ
युके शाखा

नेपाल पत्रकार महासंघ, अन्तर्राष्ट्रिय पत्रकार महासंघको पनि सदस्य संस्था भएकाले नेपाल पत्रकार महासंघका सदस्यहरुले सो महासंघको पनि प्रेस पास लिन सक्ने र सो प्रेस पासको मान्यता संसारभर रहेको यहाँहरुमा सर्वप्रथम जानकारी गराउन चाहन्छु ।

यदि यूके शाखाका सदस्यहरु अन्तर्राष्ट्रिय प्रेस पासका ( International Press Card) लागि इच्छुक हुनुहुन्छ भने नेपाल पत्रकार महासंघ, युके शाखाको बैँक खाता FNJ UK Sort Code 20-16-99 A/C 13299961 मा £30 र कार्डमा राख्ने फोटो एकप्रति fnjuk2012@gmail.com मा 15 August 2020 भित्र प्राप्त हुने गरी पठाउनहुन अनुरोध गरिन्छ । सो समयसीमा पछि प्राप्त सामग्रीको जवाफदेही शाखा हुने छैन ।

पुनश्च : कार्डको म्याद तीन वर्षको हुनेछ ।

सञ्जयभक्त कँडेल
महासचिव

28/07/2020