चाैथाे अधिवेसनका लागि विभिन्न समिति गठन

नेपाल पत्रकार महासंघ
युके शाखा

विषय ः परिपत्र ।
यस नेपाल पत्रकार महासंघ युके शाखाको बैठक अप्रिल ७ तारिख शनिबारका दिन टेलिकन्फ्रेन्समार्फत अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षतामा बस्यो । बैठकमा निम्न प्रस्तावहरुमाथि छलफल भई निम्न निर्णयहरु गरिएकाले जानकारी तथा आवश्यक कार्यान्वयनका लागि यो परिपत्र जारी गरिएको छ ।
निर्णयहरुः
१. शाखाको चौथो अधिवेसन यही मे १९ का दिन हुने भएकाले अधिवेसनस्थलको छनौट गर्ने जिम्मा अध्यक्ष नरेश खपाङ्गीमगरलाई दिइयो ।
२. अधिवेसनमा प्रस्तुत हुने प्रगति प्रतिवेदन तयार गर्न महासचिव लीलामान शेरपुञ्जालाई, आर्थिक प्रतिवेदन पेश गर्न कोषाध्यक्ष पूर्ण गुरुङलाई र विधान संशोधन मस्यौदा प्रस्तुत गर्न वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेललाई जिम्मा दिइयो ।
३. अधिवेसनका दिन ६० वर्ष उमेर पूरा गरेका अग्रज पत्रकारहरुलाई सम्मान गरिने र सोको संयोजनको जिम्मा उपाध्यक्ष ध्रुव अर्याललाई दिइयो ।
४. बैठकले सदस्यहरुको अनुकूलताअनुसार जिम्मेवारी हेरफेर गर्न सकिने गरी अधिवेसन तयारीको जिम्मेवारी बाँडफाँड गरेको छ । हल व्यवस्थापनमा जगत थापा, वाचस्पति रेग्मी, नगेन्द्र नेम्वाङ, प्रकाश गुरुङ र मधुकर गुरुङ, प्रतिनिधि दर्तामा पूर्ण गुरुङ, रोशन मेवाहाङ राई, पुष्पा गुरुङ र भावना परिस्कृत सुनुवार, अभिलेखीकरणमा छत्र वनेम र शिव भण्डारी, अतिथि सत्कारमा सल्लाहकारहरु भगिरथ योगी, चिरन शर्मा, नविन पोखरेल, हरिकुमार गुरुङ काजी, केशव भण्डारी र मेजर रिटायर्ड सोनाम छिरिङ शेर्पा, भिडियो फोटोमा मिलन तमु, एसके गुरुङ, शंकर श्रेष्ठ, विसन गुरुङ र गुणदेव घिमिरे, प्रचारप्रसारमा शिव भण्डारी, शिव तिवारी, नृपेश उप्रेती, नरेन्द्र बस्नेत, सुजन पराजुली, जानुका राईलाई जिम्मा दिइएको छ ।
५. चौथो अधिवेसनमा नयाँ कार्यसमिति चयनका लागि विजय थापाको संयोजकत्वमा सोलिसिटर राजु थापा, निवर्तमान अध्यक्ष चिरन शर्मा, सभासदहरु विकल आचार्य र दुतबहादुर पुन रहनुभएको निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन समितिको सल्लाहकारमा राजन कँडेल, रामशरण सिंखडा, भगिरथ योगी, नविन पोखरेल, हरिकुमार गुरुङ काजी, केशव भण्डारी र मेजर रिटायर्ड सोनाम छिरिङ शेर्पालाई चयन गरिएको छ ।
६. शाखामा महासंघको सदस्यताका लागि प्राप्त आवेदनहरुमध्ये गणेश खड्का, प्रदिप सिंह, खुशीमान लिम्बु, विपिन निरौला, सिद्धार्थविक्रम क्षेत्री, रवि अर्याल, अनिल मल्ल, टिका अधिकारी, शालिक सापकोटा, अर्जुन कटवाल, रुपक प्रजापति, जीवन सेन र सुशील प्रजापतिको आवेदन केन्द्रमा पठाउन सिफारिस गर्ने निर्णय गरिएको छ ।
७. अन्त्यमा अध्यक्ष खपाङ्गीले बैठकमा सहभागी हुनुभएकोमा सबै पदाधिकारी तथा सदस्यहरुलाई धन्यवाद व्यक्त गर्दै अधिवेसन केन्द्रीत हुन सबैलाई आग्रह गर्नुभयो ।
हार्दिक धन्यवादसहित
नरेश खपाङ्गीमगर
अध्यक्ष

११ अप्रिल २०१८