नेपाल पत्रकार महासंघ युके शाखाका निर्णयहरु

नेपाल पत्रकार महासंघ
युके शाखा

विषय ः परिपत्रबारे ।

नेपाल पत्रकार महासंघ युके शाखाको बैठक शनिबार २ डिसेम्बर २०१७ का दिन गोरखा प्यालेस रेष्टुरेन्ट फार्नब्रोमा शाखाका अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षतामा बस्यो । शाखाले स्थापना गरेको च्यारिटी संचालक समितिका संयोजक सूर्य गुरुङ र च्यारिटीका एकाउण्टेण्ट लेखनाथ घिमिरेको सो बैठकमा विशेष उपस्थिति रहेको थियो । बैठकले निम्न एजेण्डामाथि छलफल गरी निम्न प्रस्ताव पारित गरेकाले जानकारी तथा आवश्यक कारबाहीका लागि यो परिपत्र जारी गरिएको छ ।
निर्णयहरु ः
१) महासंघले स्थापना गर्न गइरहेको च्यारिटीको संरचनागत अवधारणा र यसका प्राविधिक पक्षबारे विस्तृत छलफल भयो । एकाउण्टेण्ट लेखनाथ घिमिरेले यसका प्राविधिक पक्षबारे जानकारी गराइ उठेका जिज्ञासाको जवाफ दिनुभयो । यसैगरी संयोजक गुरुङले च्यारिटी संचालनका लागि दिइएको जिम्मेवारीका लागि धन्यवाद दिनुभयो । सो छलफलपछि निम्न निर्णय गरिएको छ ।
क) च्यारिटी संचालक समितिमा महासचिव लीलामान शेरपुञ्जालाई थप गरिएको छ ।
ख) च्यारिटी दर्ताका लागि सम्भावित नामहरु सिफारिस गरी एकाउण्टेण्टलाई दिइने छ ।
ग) च्यारिटीको बैँक खाता संचालनको लागि संयोजक सूर्य गुरुङ र शाखा अध्यक्ष नरेश खपाङ्गीमगरलाई अख्तियारी दिइएको छ ।
घ) च्यारिटीको अन्तिम सहयोग विवरण यही डिसेम्बर १५ मा सार्वजनिक गर्ने निर्णय गरिएको छ । साथै सहयोग दिन बाँकी दाताहरुलाई अविलम्ब सहयोग भुक्तान गरिदिन अनुरोध गरिएको छ ।
२) शाखाको सदस्यता वितरणसम्बन्धी नियमावलीलाई संशोधन गरियो । संशोधित दफाहरुसहितको नियमावली छिट्टै शाखाको वेभसाइटमा राखिने छ ।
३) विविध
क) अध्यक्ष खपाङ्गीमगरले एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार वितरणका बारेमा जानकारी गराउनुभयो ।
ख) नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रामप्रसाद दाहालकी आमा भगवती दाहालको असामयिक निधन भएको शोक प्रस्ताव पारित गरियो ।
ग) शाखाका सल्लाहकार हरिकुमार गुरुङ काजी र महासचिव लीलामान शेरपुञ्जा रसमुर काउन्सिलबाट भोलुण्टियर अवार्डबाट सम्मानित हुनुभएकोमा बधाई ज्ञापन गरियो ।
धन्यवाद

भवदीय
लीलामान शेरपुञ्जा
महासचिव
०४ डिसेम्बर २०१७

photo : Narendra Basnet