पत्रकारमाथि लगाइएकाे लान्छनाप्रति नेपाल पत्रकार महासंघ युकेकाे विज्ञप्ति

प्रेस विज्ञप्ति

लण्डन । एनआरएन युकेका पूर्व अध्यक्ष तथा एनआरएन आइसिसीका सदस्य योगेन्द्रबहादुर क्षेत्रीले सामाजिक संजालमा युकेमा कार्यरत नेपाली पत्रकारहरुलाई असभ्य, अशिष्ट, अशोभनीय, अमर्यादित र धाकधम्कीपूर्ण लाञ्छना लगाएकोप्रति नेपाल पत्रकार महासंघ युकेको गम्भीर ध्यानाकर्षण भएको छ ।
कुनै पनि समाचारमा चित्त नबुझे सम्बन्धित प्रकाशन गृहसित आफ्ना कुरा राख्ने तरिका र प्रक्रिया हुन्छ । त्यस्तो प्रयासबाट चित्त नबुझे अपनाउने अरु उपाय पनि हुँदाहुँदै समाजका जिम्मेवार व्यक्तिले सिंगो पत्रकारिता पेशा र समस्त पत्रकारहरुप्रति नै निकृष्ट शब्दमा टीकाटिप्पणी गर्नु र परिवारसमेतलाई धम्क्याउनु निन्दनीय कार्य हो । महासंघ यस कार्यको भर्त्सना गर्दछ ।
पत्रकारिता पेशालाई व्यावसायिक र मर्यादित बनाउन महासंघ दृढ छ र युकेस्थित नेपाली समाजका सबै तप्काबाट यस उद्देश्यलाई सघाउ पुग्ने व्यवहारको अपेक्षा राख्दछ । साथै, एनआरएनए युकेको निर्वाचन सन्निकटमा आइरहेको सन्दर्भमा सबै सहकर्मी पत्रकारहरुलाई पेशागत धर्मलाई नबिर्सी कार्यसम्पादन गर्न पनि महासंघ आग्रह गर्दछ ।

भवदीय
नरेश खपाङ्गीमगर
अध्यक्ष
०६ सेप्टेम्बर २०१७