नेपाल पत्रकार महासंघ युके शाखाकाे बैठकका निर्णयहरू

नेपाल पत्रकार महासंघ युके शाखा

नेपाल पत्रकार महासंघ युकेको बैठक शाखाका अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षतामा मोन्टिज उषा रेस्टुरेन्ट हाउन्स्लोमा शनिबार जुलाई १ २०१७ का दिन बस्यो । बैठकमा निम्न सदस्यहरुको उपस्थिति रहनुका साथै निम्नानुसारको निर्णय गरिएको हुनाले सोहीअनुसार गर्न गराउनहुन निर्देशन गरिन्छ ।
उपस्थिति
नरेश खपाङ्गीमगर अध्यक्ष
श्याम लुइँटेल वरिष्ठ उपाध्यक्ष
ध्रुव अर्याल उपाध्यक्ष
लीलामान शेरपुञ्जा महासचिव
शिव भण्डारी सचिव
पूर्ण गुरुङ कोषाध्यक्ष
भावना परिस्कृत सुनुवार सदस्य
नरेन्द्र बस्नेत सदस्य
नविन पोखरेल सल्लाहकार
चिरन शर्मा सल्लाहकार
दुतबहादुर पुन सभासद
वाचस्पति रेग्मी सभासद
असमर्थता

पुष्पा गुरुंग
रोशन राई
जानुका राई
सुजन पराजुली
शिव तिवारी
केशव भण्डारी
जगत थापा
प्रमिला राई
सोनामछिरिंग शेर्पा
भगिरथ योगी
हरिकुमार गुरुङ
फडिन्द्र भट्टराई
विश्वासदीप तिगेला
छत्र वनेम
एभरेष्ट गौतम
निर्णयहरु
१) शाखाको आयोजनामा मे २१ २०१७ का दिन गरिएको च्यारिटी डिनरको बारेमा बैठकमा गम्भीर समीक्षा गरियो । समग्रमा कार्यक्रम भव्यरुपमा सफल भएको ठहर गरियो । कार्यक्रममा देखिएका कमीकमजोरीहरुलाई आगामी दिनमा सच्याउने प्रतिवद्धता गर्दै कार्यक्रम सफल बनाउन प्रत्यक्ष अप्रत्यक्षरुपमा सहयोग गर्नुहुने सबै संघसंस्था व्यक्ति व्यक्तित्व, प्रायोजकहरु सबैलाई धन्यवाद ज्ञापन गरियो । सहयोगीहरुलाई इ प्रसंशापत्र दिने निर्णय गरियो । च्यारिटीबाट बैठक बस्दाको समयसम्म ३२,७४९.९९ पाउण्ड आम्दानी र ९,००५.३३ पाउण्ड खर्च र उठ्न बाँकी ४,३८० पाउण्ड रहेको जानकारी दिइयो । उठ्न बाँकी रहेको राशीलाई जुलाई महिनाभित्रमा संकलन गरिसक्ने निर्णय गरियो ।
संकलित रकमलाई च्यारिटी कमिसनमा संस्था दर्ता गराई बेग्लै बैँक खातामा मौज्दात राख्ने निर्णय गरियो । च्यारिटी दर्ता प्रयोजनका लागि अध्यक्ष नरेश खपाङ्गीमगरलाई जिम्मा दिइयो भने लेखापरीक्षकमा जीएनएस एसोसिएटसका एलएन घिमिरेलाई नियुक्त गरियो ।
च्यारिटी कोष संचालनका लागि सूर्य गुरुङको संयोजकत्व र शाखाका अध्यक्ष सदस्यसचिव रहनेगरी एक संचालक समिति गठन गर्ने र सो समितिमा डा. राघवप्रसाद धिताल र सल्लाहकार भगिरथ योगीलाई नियुक्त गरियो । यस्तै, च्यारिटीबाट कस्ता कस्ता अवस्थामा सहयोग गर्ने भन्ने बारेमा मस्यौदा बनाउन सल्लाहकार भगिरथ योगीलाई जिम्मा दिने निर्णय गरियो ।
२. शाखाका सदस्यहरुको क्रियाशीलताको अभिलेख राख्न कार्यसम्पादनको आन्तरिक लेखापरीक्षण गर्ने निर्णय गरियो । सोको लागि वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेलको संयोजकत्वमा उपाध्यक्ष ध्रुव अर्याल, महासचिव लीलामान शेरपुञ्जा, सचिव शिव भण्डारी र कोषाध्यक्ष पूर्ण गुरुङ रहेको एक समिति गठन गरियो ।
३. शाखाले एनआरएन युकेसित मिलेर स्थापना गरेको एनआरएन पत्रकारिता कोषको संचालनमा अपनत्व खड्किएको निस्कर्ष निकाल्दै सोको प्रभावकारी व्यवस्थापन र कार्यान्वयनका लागि एनआरएन युकेसित छलफल गर्ने निर्णय गरियो ।
४. शाखाले गर्ने आगामी सम्भावित कार्यक्रमहरुको बारेमा छलफल गरियो र जसमध्ये अग्रज पत्रकारहरुको सम्मान कार्यक्रमका लागि संयोजक ध्रुव अर्याललाई तोकियो । युरोपस्तरिय नेपाली पत्रकार भेलाका लागि अध्यक्ष नरेश खपाङ्गीमगरलाई संयोजक तोकियो भने बेलायती संसद भ्रमणका लागि सल्लाहकार नविन पोखरेललाई संयोजक तोकियो ।
५. शाखाका सदस्य सुजन पराजुलीका पिता शालिग्राम पराजुलीको असामयिक निधन भएकोमा स्वर्गीय पराजुलीप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै एक शोक प्रस्ताव पारित गरियो ।
अन्त्यमा बैठकका लागि हल उपलब्ध गराइदिनुभएकोमा रेस्टुरेन्टका संचालकहरु शैलेस पौडेल र दिनेश चापागाईलाई धन्यवाद दिँदै बैठक समापन गरियो ।
धन्यवाद

लीलामान शेरपुञ्जा
महासचिव
३ जुलाई २०१७

19720264_10155433951841197_2094578725_o