बेलायतबाट स्वर्गीय पत्रकार बोहोराको परिवारका लागि दुई लाख सहयोग

handover

 

 

पुस १५, २०७३- स्वर्गीय पत्रकार कर्ण बोहोराको परिवारका लागि नेपाल पत्रकार महासङ्घ युके शाखाद्वारा संकलन गरिएको सहयोग रकम हस्तान्तरण गरिएको छ ।

बुधबार नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यालय सन्चारग्राम सिनामंगलमा शाखाका सल्लाहकार भगिरथ योगीले महासंघका अध्यक्ष डा महेन्द्र विष्टलाई शाखाले संकलन गरेको दुई लाख रूपैयाँ हस्तान्तरण गरे ।

सो अवसरमा अध्यक्ष विष्टले युके शाखाको कार्यको प्रसंशा गर्दै हस्तान्तरण गरिएको सहयोग चाँडै परिवारलाई बुझाउने जानकारी दिए ।

सल्लाहकार योगीले स्वर्गीय बोहोराको परिवारलाई शाखाका तर्फबाट सानो सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै श्रीमती ममता बोहोराको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।

नेपालको सुदुरपश्चिमलाई कार्यथलो बनाउदै पत्रकारिता गरेका ३८ वर्षीय बोहोराको मिर्गौलापीडित श्रीमतीको कुरूवा बसेको अवस्थामा मंसिर १० गते निधन भएको थियो ।

Source: ekantipur.com/np