आइडी कार्डका लागि फोटो पठाउने सूचना

नेपाल पत्रकार महासंघ युके शाखाका सदस्यहरूलाई यो सूचित गरिन्छ कि यदि यहाँहरू नेपाल पत्रकार महासंघको परिचयपत्र लिन चाहनुहुन्छ  भने १४ जुन २०१६ भित्र fnjuk2012@gmail.com वा nkhapangi@gmail.cm मा आइपुग्ने गरी  एकप्रति पासपोर्ट  साइजको फोटो पठाइदिन हुन अनुरोध गरिन्छ । यसैगरी सदस्यता शुल्क बुझाउन बाँकी सदस्यहरूलाई पनि सोही मितिभित्र सदस्यता शुल्क बुझाउन हुन अनुरोध गरिन्छ ।

नेपाल पत्रकार महासंघ

युके शाखा