दोस्रो अधिवेसन तथा सदस्यतासम्बन्धी सूचना

बेलायतमा क्रियाशील नेपाली पत्रकारहरुको पेशागत संस्था खोल्ने प्रयासलाई नेपाल पत्रकार महासंघबाट आधिकारिता प्राप्त भई हाल नेपाल पत्रकार महासंघ, बेलायत शाखा क्रियाशील छ । बेलायतमा सक्रिय बढीभन्दा बढी नेपाली पत्रकारहरुलाई शाखामा समेटी व्यावसायिक पत्रकारिताको प्रबर्द्धन र पत्रकारको पेशागत हकहित गर्ने संस्थाका रुपमा अगाडि बढाउन निम्न मिति, समय र स्थानमा शाखाको दोस्रो अधिवेसन हुदैछ । त्यसैले सो अधिवेसनमा सहभागी हुनका लागि महासंघको विधानबमोजिम तोकिएको समयभित्र सदस्यता प्राप्त गर्न योग्यता पुगेका इच्छुक पत्रकारहरुलाई यो सूचना आह्वान गरिएको छ । साथै शाखाको पहिलो अधिवेसनमा सहभगिताका लागि हार्दिक निमन्त्रणा पनि गर्दछौ ।

सदस्यतासम्बन्धी ब्यवस्था

(१) सदस्यताका लागि न्यूनतम योग्यता

(क) स्तानक (ग्राजुयट) वा सोसरह उत्तीर्ण गरी एक वर्षदेखि पत्रकारिता गरिरहेको वा,

(ख) प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण गरी दुई वर्षदेखि पत्रकारिता गरिरहेको वा,

(ग) हाल संचालनमा रहेको मिडियामा लगातार पांच वर्षदेखि पत्रकारिता गरिरहेको ।

(घ) बिरटिश पेरस कार्ड अथोरिटीबाट प्रेस पास प्राप्त गरेको

(ङ) १८ वर्ष उमेर पूरा भएको ।

२. सदस्यता लिन इच्छुक महानुभावले तल उल्लिखित ठेगानामा सम्पर्क गरे सदस्यता फाराम इमेल वा पोस्टमार्फत पठाइने छ । सदस्यता फारामको साथमा शैक्षिक योग्यता, निरन्तर पत्रकारिता गरिरहेको र उमेर खुलेको प्रमाणसहित
१५ जनवारी २०१४ सांझ ७ बजे भित्रमा तल उल्लिखित ठेगानामा आवेदन पठाउन हुन अनुरोध गरिन्छ ।

पुनश्च- यसअघि नेपाल पत्रकार महासंघको सदस्यता प्राप्त गरिसकेको हकमा नविकरण शुल्क र सदस्यता पाएको प्रमाण पेश गरे पुग्ने छ ।

३. नया सदस्यता तथा नविकरण शुल्क २ वर्षका लागि एकमुस्ट २० पाउण्ड र प्रतिवर्ष १० पाउन्ड तोकिएको छ ।

४. सदस्यता दिने नदिनेसम्बन्धी निर्णय सदस्यता वितरण समितिले गरी कार्यसमितिमा पेश गर्ने छ । कार्यसमितिले महासंघको विधान बमोजिम अनुसार पुनः जाच गरी केन्द्रीय समितिमा पठाउने छ ।

५. तोकिएको समयभित्र आइनपुगेको सदस्यता आवेदन फारामको जिम्मेवारी शाखा हुने छैन ।

आवेदन फाराम:

फारम डाउनलोड गर्नुहोस्

सदस्यताका लागि सम्पर्क

Chiran Sharma: 07886925806

Naresh Khapangi : 0741558732

Dharmaraj Adhikari: 07576003152

Lilaman Sherpurja: 07738878027

सदस्यता पठाउने ठेगानाः

FNJ UK
104 Frensham Drive
London
SW15 3EF
Email: info@fnjuk.info or njuk2012@gmail.com

अधिवेसन हुने मिति, समय र स्थान

मिति: 9 March, Sunday 2014
समय: बिहानको ११ बजे

स्थानः:

Venue 5
446 Field End Road
Eastcote,
Middlesex
HA4 9PB
United Kingdom

नेपाल पत्रकार महासंघ, बेलायत