भूकम्प पीडित पत्रकारका लागि १३ लाख

sahayog
काठमाण्डौं-नेपाल पत्रकार महासंघ यूके शाखाले नेपालका भूकम्प पीडित पत्रकारलाई सहयोग स्वरुपमा १३ लाख रुपैयाँ नेपाल पत्रकार महासँघलाई हस्तान्तरण गरेको छ । पत्रकार महासंघ यूके शाखाका अध्यक्ष चिरन शर्मा र गैरआवासिय नेपाली संघका अध्यक्ष शेष घलेले बेलायतमा संकलित उक्त रुपैयाँ महासंघका अध्यक्ष मेहेन्द्र विष्ट लगायतको टोलीलाई प्रदान गरेको हो ।

एनआरएन अन्तर्राष्ट्रिय सम्मेलनमा शनिबार एक विशेष कार्यक्रमको आयोजना गरि सो सहयोग हस्तन्तरण गरिएको हो ।सोही अवसरमा गैरआवासीय नेपाली संघले पत्रकार दीपा दाहाललाई यसवर्षको एनआरएन अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरेको छ । जाजकारकोटमा फैलिएको स्वाइन्फ्लुको नियन्त्रण र बिनासकारी भूकम्पले केन्द्रविन्दु बनाएको गोरखाको बारपाक लगायत अन्य भूकम्प प्रभावित जिल्लामा पुगी त्यहाँ देखिएका स्वास्थ्य समस्या समाधानका लागि उनको स्थलगत रिपोर्ट उत्कृष्ट भएको ठहर गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो । गैरआवासीय नेपाली संघ युके र नेपाल पत्रकार महासंघ युके शाखाको सक्रियतामा स्थापना गरिएको उक्त पुरस्कार शनिबार संघका नवनिर्वाचित अध्यक्ष शेष घले, एनआरएन यूकेका अध्यक्ष मुछेत्र गुरुङले दाहाललाई ५० हजार ५ सय नगद सहित उक्त पुरस्कार प्रदान गरेका हुन । यसैबीच टेलिभिजनमार्फत् यूरोपस्थित नेपालीहरुले भोगेको कागजातसम्बन्धी समस्याबारेको रिपोर्ट प्रसारण गरेको भन्दै इमेज टेलिभिजनका पत्रकार होम लम्साललाई पनि उक्त पुरस्कारबाट सम्मान गरिएको छ । कार्यक्रममा गैरआवासिय नेपाली संघका संस्थापक मध्येका एक चिरिञ्जी ढकालले आफ्नी आमाको सम्झनामा स्थापना गरेको सीता देवी ढकाल अनलाईन अन्तर्राष्ट्रिय पुरस्कार यसवर्ष पहिलो पोष्ट्का सम्पादक उमेश श्रेष्ठलाई श्रेष्ठलाई प्रदान गरिएको छ। उक्त पुरस्कार रासि ५० हजार पाँच सय रुपैयाँ रहेको छ।

नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्टको अध्यक्षतामा गठित पुरस्कार छनोट समितिले दाहाल सो पुरस्कार दिने निर्णय गरेको थियो । छनोट समितिका अन्य सदस्यहरुमा पत्रकारद्वय सुरेश आचार्य र भगीरथ योगी रहेका थिए। संघले नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष चिरन शर्मा र पत्रकार संगीता मरहठ्ठा रहेको अक्षयकोष सञ्चालन समिति गठन गरेको थियो ।