पत्रकार महासंघ यूकेको तेस्रो अधिवेसन मार्च ६ मा

adhiलण्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको तेस्रो अधिवेसन आउंदो मार्च ६ तारिख आइतबार हुने भएको छ । आइतबार लण्डनमा बसेको शाखाको बैठकले लण्डन स्थित नर्थहोल्टस्थित ब्लु अर्किड रेष्टुरेन्टको सभाहलमा अधिवेसन गर्ने निर्णय गरेको हो । अध्यक्ष चिरन शर्माको अध्यक्षतामा बसेको बैठकले अधिवेसन मूल तयारी समितिको संयोजन गर्ने जिम्मा अध्यक्ष शर्मालाई नै दिएको छ ।
महासचिव श्याम लुईंटेलले सञ्चालन गरेको बैठकले शाखाका सल्लाहकारहरु भगिरथ योगी र नवीन पोखरेलसंगै नेपाली टिभीका निर्देशक विजय थापा सम्मिलित निर्वाचन समिति गठन गरेको छ । समितिको सल्लाहाकारमा सोलिसिटर राजु थापालाई चयन गरिएको छ ।

बैठकले अधिवेसनको आर्थिक व्यवस्थापनका लागि कोषाध्यक्ष देवी गौतमको संयोजकत्वमा सहकोषाध्यक्ष देवेन्द्र खेरेस र सदस्य शिव भण्डारी सदस्य रहेको समिति गठन गरेको छ ।
त्यसैगरि विधान संसोधनका लागि महासचिव श्याम लुइंटेल संयोजक रहने गरी सचिव लिलामान शेरपुञ्जा र सदस्य राजकुमार थापा सदस्य रहेको विधान समिति पनि बैठकले गठन गरेको छ ।
अधिवेसन प्रचारप्रसारका लागि उपाध्यक्ष धर्मराज अधिकारी संयोजक तथा ध्रुबराज अर्याल, फणिन्द्र भट्टराई, रमा लामिछाने, छत्र वनेम र मिलन शर्मा सदस्य रहेको समिति गठन भएको छ ।