प्रेस विज्ञप्ति – १५ अप्रिल २०१५

नेपाल पत्रकार महासंघ युके शाखा प्रेस विज्ञप्ति नेपाल पत्रकार महासंघ युके

शाखाका निबर्तमान अध्यक्ष, कान्तिपुर दैनिकका युकेस्थित सम्बाददाता तथा वीनेपाली डटकमका प्रधानसम्पादक नविन पोख्रेलले नेपाल पत्रकार महासंघ युकेमा लण्डनस्थित गोल्डेन शीप रेस्टुरेन्टले समाचार संकलन गर्न रोक लगाउँदै दुर्ब्यबहार गरेको भन्दै आपत्ति प्रकट गर्दै दिनुभएको जानकारीप्रति नेपाल पत्रकार महासंघ युके शाखाको गम्भीर ध्यानाकर्षण भएको छ । शाखाका पूर्व अध्यक्ष तथा युकेमा सुपरिचित पत्रकार पोख्रेलमाथि गरिएको त्यस प्रकारको दुर्ब्यबहारको शाखा भर्त्सना गर्दछ । बेलायतजस्तो प्रेस स्वतन्त्रताको ग्यारेन्टी भएको मुलुकमा समाचार संकलनमा रोक लगाउनु निन्दनीय र प्रेस स्वतन्त्रता माथिको हनन हो भन्ने हाम्रो ठहर छ । सो घट्नाको छानविन गरी दुवै पक्षसँग सहकार्य गर्न पनि शाखा तयार रहेको यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ । नेपाल पत्रकार महासंघ युके सो रेस्टुरेन्ट र सम्बन्धित संचालकलाई भविष्यमा यस्ता घटना नदोहोर्याउने प्रतिवद्धता सार्वजनिक गर्न पनि आह्वान गर्दछौँ । यदि त्यसो नगरिएमा उक्त रेस्टुरेन्टमा हुने कुनै पनि सार्वजनिक कार्यक्रमको समाचार संकलन नगर्न समेत हामी बाध्य हुने जानकारी पनि गराउछौँ । बेलायतस्थित नेपाली समुदायलाई आगामी दिनहरुमा यस्ता घटनाहरु हुन नदिन सजगता अपनाउन पनि हामी अपिल गर्दछौँ ।

श्याम लुइँटेल

महासचिव

१५ अप्रिल २०१५