प्रेस विज्ञप्ति – १८ नोभेम्बर २०१४

नेपाल पत्रकार महासंघ यूके शाखाका उपाध्यक्ष धर्मराज अधिकारीले सामाजिक सञ्जालमा उहाँमाथि लगाइएको आरोप सत्य तथ्य सम्बन्धमा बुझिपाउँ भनी नोभेम्बर १६ तारिख शाखामा दिनुभएको निवेदन प्राप्त भयो ।
अधिकारीका अनुसार मिति २०१४ नोभेम्बर १६ गतेका दिन बेलायतका एकजना प्रतिष्ठित नेपाली व्यवासायी एवम् बि्रटेन नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष राजन कंडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् चरित्र हत्या गर्ने प्रयास गरेको दावी गरिएको छ । त्यस सम्बन्धमा छलफल गर्न नेपाल पत्रकार महासंघ यूके शाखाको पूर्ण बैठक ७ डिसेम्बर, आइतवार लण्डनमा बोलाएको जानकारी गराइन्छ ।
उक्त घट्नालाई नेपाल पत्रकार महासंघ यूके शाखाले गम्भीर रुपमा लिएको छ ।
सामाजिक संजालमा व्यक्तिगत चरित्र हत्या हुने खालका सामाग्री राख्नु निन्दनिय कार्य हो । त्यसैले सामाजिक सञ्जालमा कसैको व्यक्तिगत चरित्र हत्या हुने खालका सामाग्री नराख्न र सामाजिक संजालको गरिमालाई समेत ख्याल राख्दै मर्यादित भाषाको प्रयोग गर्न सम्बन्धित सबैमा नेपाल पत्रकार महासंघ यूके शाखा आग्रह गर्दछ ।
श्याम लुइटेल
महासचिव
नेपाल पत्रका महासंघ यूके शाखा
१८ नोभेम्बर २०१४