पत्रकार साहलाई पत्रकार महासंघ यूकेको सहयोग

काठमाडौं । छातीमा संक्रमण भइ विरामी परेर पाटन अस्पतालमा उपचार गराइरहेका अग्रज पत्रकार श्रीलाल साहलाई नेपाल पत्रकार महासंघ यूके शाखाले ५१ हजार ८ सय ५० रुपैयाँ उपलब्ध गराएको छ । उक्त रकम नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा विहीबार आयोजित एक कार्यक्रममा महासंघका अध्यक्ष डा. महेन्द्र विष्टलाई यूके शाखाका सल्लाहकार भगिरथ योगीले हस्तान्तरण गरे ।

वातावरण र दिगो विकासमा लामो समयदेखि सक्रियतापूर्वक कमल चलाउँदै आएका पत्रकार साहको आर्थिक अवस्था कमजोर रहेकाले उनको निजी श्रोतबाट उपचार गराउन सम्भव नभएपछि महासंघले श्रीलाल बचाउन अभियान चलाएको अध्यक्ष विष्टले बताए ।

रकम हस्तान्तरण कार्यक्रममा नेपालीले धेरै कुरा बेलायतबाट सिक्नुपर्ने अध्यक्ष विष्टले बताए । महासंघको यो अभियानलाई सफल पार्न यूके शाखाले पु¥याएको योगदानको प्रशंसा गर्दै अध्यक्ष विष्टले आउँदा दिन पनि सहकार्य निरन्तर राख्न आग्रह गरे ।

प्रवासमा श्रम गरेर बचेको समय पत्रकारितामा खर्चेर उत्साही युवाहरुले निर्माण गरेको यूके शाखाबाट यसअघि पनि महासंघको अभियानलाई साथ दिएको सल्लाहकार योगीले स्मरण गराए । साहको सीघ्र स्वास्थ्य लाभको कामना गर्दै सल्लाहकार योगीले आउँदा दिनमा पनि युके शाखाले महासंघको अभियानलाई साथ दिने बताए ।