पत्रकार महासंघ बेलायत शाखाको पहिलो अधिबेशन सम्पन्न

लण्डन, माघ १- नवीन पोखरेलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गर्दै गर्दै पत्रकार महासंघ बेलायत शाखाको पहिलो अधिबेशन सम्पन्न भएको छ।

अधिबेशनले वरिष्ठ उपाध्यक्ष बाहेकका पदमा सर्वसम्मत नेतृत्व चयनको घोषणा गरेको थियो। निर्वाचन समितिका संयोजक भगिरथ योगीले वरिष्ठ उपाध्यक्ष पदमा भएको निर्वाचनमा पत्रकार चिरन शर्मा निर्वाचित भएको घेषणा गरेका थिए। शर्माले कुल खसेको २९ मतमध्य १९ मत पाए।
उपाध्यक्षका अर्का प्रत्यासी विपिन निरौलालको पक्षमा १० मत खसेको थियो। नर्थवेष्ट रेडिङ कलेज लण्डनमा शनिबार सम्पन्न अधिबेशनले पत्रकार पोखरेलको अध्यक्षतामा तेह्र सदस्यीय कार्यमिति चयन गरेको हो। समितिको वरिष्ठ उपाध्यक्षमा शर्मा उपाध्यक्षमा दिनेश कुमार परियार, महासचिवमा नरेश खपांगीमगर, सचिवमा धर्मराज अधिकारी र कोषाध्यक्षमा लिलामान शेरपुञ्जा निर्विरोध भएका छन्।

त्यस्तै सदस्यहरुमा देवी प्रसाद गौतम, रमा लामिछाने, मिलन शर्मा, ऋषिराज बुढाथोकी, नारायण पौडेल(गाउंले), श्याम कुमार लुइंटेल र उमेश निरौला रहेका छन। नवनिर्वाचित पत्रकारहरुलाई नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउंले तथा लण्डनस्थित नेपाली राजदुत सुरेशचन्द्र चालीसेले खादा तथा प्रमाणपत्र वितरण गरेका थिए।

Nagariknews.com