नेपाल पत्रकार महासंघ, बेलायत शाखाको पूर्ण बैठक सम्पन्न

नेपाल पत्रकार महासंघ, बेलायत शाखाको पूर्ण बैठक शाखाका संयोजक नविन पोखरेलको अध्यक्षतामा यही डिसेम्बर १८ तारिखका दिन ओरेन्टल रेस्टुरेन्ट, लण्डनमा बस्यो । बैठकले विभिन्न प्रस्तावहरुमाथि छलफल गरी निम्न निर्णयहरु गरेको हुनाले समस्त पदाधिकारी तथा सदस्यहरुलाई सोही अनुसार गर्न गराउन हुन यो परिपत्र जारी गरिएको छ ।
निर्णयहरु ः
१) शाखाको विधान तयार पार्नका लागि गठित उपसमितिका संयोजक शशी पौडेलले मस्यौदा विधान बैठकमा पेश गर्नुभयो । सो विधानमाथि बैठकमा उपस्थित सदस्यहरुबीच बृहत छलफल भयो । छलफलबाट शाखाको कार्यसमिति १३ सदस्यीय (अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष १, महासचिव १, सचिव १, कोषाध्यक्ष १ र ७ सदस्य सहितको) बनाउने, समितिको कार्यकाल दुई वर्षको तोक्ने र अध्यक्ष पदमा बढीमा लगातार दुई कार्यकालभन्दा बढी बस्न नपाउने प्रावधान राखी सो मस्यौदालाई आगामी अधिवेसनमा पेश गर्ने सहमति भयो । मस्यौदा तयार पार्नुभएकोमा संयोजक पौडेललाई हार्दिक धन्यवाद ज्ञापन गरियो ।
२) महासंघको सदस्यता वितरणका लागि शाखाले गठन गरेको सदस्यता वितरण उपसमितिका संयोजक शशी पौडेलले हालसम्म प्राप्त आवेदनहरुको बारेमा बैठकलाई जानकारी गराउनुभयो । प्राप्त आवेदनहरुमाथि छलफल गरी देवराज आचार्य, धर्मराज अधिकारी, नारायणप्रसाद भण्डारी, राजेन्द्र भट्ट, ऋषिराज बुढाथोकी, विनय धिताल, देवीप्रसाद गौतम, नवराज घिमिरे, हरिकुमार गुरुङ, पूर्णबहादुर गुरुङ, मिलन ज्ञवाली, बालमुकुन्द जोशी, रमा लामिछाने, श्यामकुमार लुइँटेल, नरेश खपाङ्गीमगर, विपिन निरौला, उमेश निरौला, विनोद पनेरु, दिनेशकुमार परियार, नारायण पौडेल, नविन पोखरेल, शशी पौडेल, भोलाविक्रम राई, चण्डीराज राई, नरेश काङमाङ राई, मित्र राना, लीलामान शेरपुञ्जा, मिलन शर्मा, केशवबहादुर श्रेष्ठ, छत्र वनेम, भगिरथ योगी, दीपक न्यौपाने, डा. चन्द्र लक्सम्बा, सुरेशजंग शाह, प्रकाश केसी, सुमन गैरे र होम परिवागको आवेदन पारित गरियो ।
महासंघको केन्द्रीय समितिबाट सदस्यता शुल्क वर्षेनी ३० पाउण्ड भन्ने जानकारी हालै प्राप्त हुन आएकोले शुरुमा १० पाउण्ड तिरी आवेदन गर्नुभएका सदस्यहरुलाई थप २० पाउण्ड तिर्नका लागि सूचित गर्ने र सो शुल्क प्राप्त तिर्ने सदस्यहरुलाई आगामी अधिवेसनमा भाग लिन दिने निर्णय गरियो । सदस्यता शुल्क तिर्ने अन्तिम मिति निश्चित गरी सबै सदस्यहरुलाई जानकारी गराउने जिम्मा शशी पौडेललाई दिइयो ।
३) शाखाको अधिवेसन सम्पन्न गर्नका लागि भगिरथ योगीको संयोजकत्वमा तीन सदस्सीय निर्वाचन समिति गठन गरियो । सो समितिमा सोलिसिटर राजु थापा र सुरेशजङ्ग शाहलाई सदस्य चयन गरियो । उम्मेदवारी दर्ता गर्न अध्यक्ष पदका लागि ५० पाउण्ड, बाँकी पदाधिकारीका लागि ३०÷३० पाउण्ड र सदस्य पदका लागि १०÷१० पाउण्ड शुल्क तोक्ने निर्णय भयो ।
४) शाखाको पहिलो अधिवेसनको नारा समुन्नत नेपाली समाजका लागि जिम्मेवार पत्रकारिता चयन गरियो ।
५) अधिवेसन तयारीका क्रममा हालसम्म भएका गतिविधि र आर्थिक व्यवस्थापनका बारेमा आर्थिक उपसमितिका संयोजक चिरन शर्मा र मूल कार्यक्रमको रुपरेखाका बारेमा मूल व्यवस्थापन उपसमितिका संयोजक बालमुकुन्द जोशीले मौखिक प्रतिवेदन पेश गर्नुभयो ।
६) अन्य
क) शाखाको पहिलो अधिवेसनको भव्यरुपमा प्रचारप्रसार गर्न जनसम्पर्क उपसमितिका संयोजक विपिन निरौलाको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गर्ने निर्णय गरियो ।
ख) शाखाको पहिलो अधिवेसनको ऐतिहासिक अवसरमा केही सामाजिक कल्याणकारी काम गर्ने अवधारणा अनुसार क्यान्सर रोगबाट पीडित दाङकी महिला पत्रकार शान्ता पौडेलको उपचारका लागि सहयोग संकलन गर्ने निर्णय गरियो ।
ग) पहिलो अधिवेसनको औपचारिक अभिलेखनका लागि धर्मराज अधिकारी, रमा लामिछाने र उमेश निरौलालाई जिम्मा दिइयो ।
अन्त्यमा सौहाद्र्धपूर्ण वातावरणमा संयोजक नविन पोखरेलले बैठक समापन गर्नुभयो ।
नरेश खपाङ्गीमगर
सचिव