वरिष्ठ पत्रकार विरहीलाई बेलायतमा सम्मान

नेपाल पत्रकार महासंघ बेलायत शाखाले बेलायत भ्रमणमा रहनुभएका वरिष्ठ पत्रकार हरीहर विरहीलाई समान गरेको छ । वेष्ट रुइस्लिपस्थित रारा रेष्टुरेन्टमा बेलायतका लागि नेपाली राजदुत डा सुरेशचन्द्र चालीसेले विरहीलाई समान गरेका हुन । सम्मान कार्यक्रममा बोल्दै राजदुत चालीसेले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि पत्रकारहरुले अहम भुमिका निर्वाह गरेको बताए । उनले विरही आफ्नो अनन्य मित्र समेत भएको र उनले पत्रकारिता मार्फत देशमा लोकतन्त्र स्थापनाका लागि ठुलो देन दिएको स्मरण गरेका थिए । विरही पत्रकारका लागि प्रेरणाका श्रोत पनि हुन, उनीबाट धेरै सिक्न सकिन्छ राजदुतले भने । संयोजक नविन पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा सम्मानित व्यक्तित्व विरहीले विदेशमा रहेरपनि पत्रकारहरुले जनतालाई सुचनाको हकबाट सुसुचित गराइराखेकोमा धन्यवाद दिए । उनले पत्रकारहरुको स्वाभाव अन्यभन्दा भिन्न हुने जिकिर गर्दै समाजको साझा अंग पत्रकारहरुको संरक्षण गर्नु सबैको कर्तव्य भएको औंल्याए । सम्मान कार्यक्रममा विविसी नेपाली सेवाका खगेन्द्र नेपालीले कठिन समयमापनि पत्रकारिता पेशालाई निरन्तरता दिई जनतालाई सुसुचित गराउनुभएका पत्रकार विरही मुर्धन्य पत्रकार भएको बताए । उनले विमर्श साप्ताहिक मार्फत जनतामा सन्देश प्रवाह गरेर देशका लागि ठुलो योगदान दिएको नेपालीले जनाए । सो अवसरमा विविसी नेपाली सेवाका उपप्रमुख सुमन खरेलले अन्य धेरै पत्रकारहरु उहां र उहांका लेखले पत्रकार बनेको स्मरण गरे । मैले पनि उहांबाट ठुलो योगदान पाएको छु खरेलले भने, उहां हामी सबैको प्रेरणाको श्रोत हुनुहुन्छ । पत्रकार चिरन शर्माले सञ्चालन गरेको कार्यक्रममा पत्रकार शशी पौडेलले उपस्थित सबैलाई धन्यबाद दिएका थिए । त्यस्तै पत्रकार विपिन निरौलाले स्वागत मन्तव्य व्यक्त गरे । सम्मान कार्यक्रममा करीब दुई दर्जन पत्रकारहरुको उपस्थित भएका थिए ।

नेपालब्रिटेन डट् कम्